back
NMB ad

कति बढयो प्रभु बैंकका सिइओको तलब भत्ता ? अन्यको कति ? यस्तो छ वित्तीय विवरण

Kumari bank ad

काठमाडौं । प्रभु बैंक सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनका तलब/भत्ता एकवर्षमा ६२ लाख रुपैयाँले बढेको छ ।

गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरण अनुसार प्रभु बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृतका लागि तलब/भत्ता तथा सेवा/सुविधामा २ करोड २९ लाख ८९ हजार रुपैयाँ खर्च गरेका छ ।

आर्थिक वर्ष २०७४/७५ मा बैंकले सीइओको तलब भत्ताको लागि १ करोड ६७ लाख ६१ हजार रुपैयाँ खर्च गरेको थियो ।बैंकको वार्षिक विवरण अनुसार गत आर्थिक वर्ष २०७५/७६ मा तलब भत्ता अन्तर्गत वर्षमा १ करोड ८० लाख ७४ हजार रुपैयाँ दिएको छ ।

कर्मचारी बोनस अन्तर्गत बैंकले सीइओलाई २३ लाख ३६ हजार रुपैयाँ दिएको छ । दशैं तथा बिदा वापतको भत्ता गरेर २५ लाख ७८ हजार रुपैयाँ दिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा प्रभु बैंकले सीइओको लागि १ करोड १३ लाख ९२ हजार तलब भत्ता गरेर एक वर्षमा दिएको थियो । कर्मचारी बोनस अन्तर्गत ३७ लाख ७२ हजार तथा दशैं बिदा वापत १५ लाख ९७ हजार रुपैयाँ दिएको छ । सीइओ शेरचनले पाउने कर्मचारी बोनस भने अघिल्लो वर्षको तुलनामा घटेको छ ।

बैंकले सीइओको लागि वर्षमा २ करोड २९ लाख रुपैयाँ खर्च गरेपनि सीइओले सो रकममा कर कटाएर मात्र सुविधा पाउछन् । यस्तो सुविधामा ३६ प्रतिशतको कर लाग्छ ।

बैंकले गत आर्थिक वर्षमा बैंकका उच्च पदाधिकारीको तलब भत्ता तथा बोनसको लागि २ करोड ३१ लाख रुपैयाँ खर्च गरेको छ । जसमा तलब भत्ताको लागि १ करोड ९८ लाख, कर्मचारी बोनस अन्तर्गत १७ लाख ९९ हजार दशैं तथा बिदा वापत १५ लाख ६ हजार रुपैयाँ खर्च गरेको छ ।

बैंकले प्रमुख कार्यकारी अधिकृतलाई इन्धन मर्मत सम्भार सहितको गाडी सुविधा दिएको छ । प्रमुख कार्यकारी अधिकृत सहित उच्च कर्मचारीलाई मोबाइल फोनको भुक्तानी समेत बैंकले गर्छ ।

बैंकले गत आर्थिक वर्षमा बैंकको कर्मचारी सुविधाको लागि १ अर्ब ७४ करोड रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष यस्तो सुविधामा १ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो ।

बैंकले कर्मचारीको तलबको लागि ५२ करोड ४९ लाख रुपैयाँ खर्च गरेको छ । भत्ता अन्गर्त ४३ करोड ७० लाख रुपैयाँ खर्च गरेको छ ।

यस आधारले हेर्दा तलब भन्दा केही कम मात्र बैंकले कर्मचारीको भत्तामा खर्च गरेको देखिन्छ । बैंकले कर्मचारीलाई २३ करोड ४६ लाख रुपैयाँ गतवर्ष बोनस दिएको छ । अघिल्लो वर्ष कर्मचारीले बोनस अन्तर्गत १५ करोड रुपैयाँ पाएका थिए ।

२०७६ मंसिर ०६ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ६ शुक्रवार १६:३५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...