back
NMB ad

यी बाणिज्य बैंकले गरे लाभांश घोषणा, कसको कति ? (सूचि सहित)

Kumari bank ad

काठमाडौँ । अधिकांश वाणिज्य बैंकहरुको लाभांश घोषणा गरिरहका छन् । हालसम्म लाभांस घोषणा गरेका बैंकहरु मध्य एनएमबी बैंकले सबैभन्दा बढी ३५ प्रतिशत लाभांस दिने घोषणा गरेको छ । एनएमबीले बोनस सेयर २१ प्रतिशत र नगद १४ प्रतिशत लाभांश दिन लागेको हो । त्यस्तै, नबिल बैंकले ३४ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकले बोनस १२ प्रतिशत र नगद २२ प्रतिशत लाभांश दिन लागेको हो । त्यस्तै, हालसम्म घोषणा गरेकोमा सबैभन्दा कम लाभांश दिने बैंक सिभिल   हो । यस बैंकले ६.५७ प्रतिशत मात्रै लाभांश दिन लागेको हो । सिभिलले पहिलो त्रैमासमा नाफा पनि घटाएको छ ।

वाणिज्य बैंकहरुले आफ्ना लगानीकर्ताहरुलाई गत आर्थिक वर्षको वितरण योग्य नाफाबाट लाभांश दिने घोषणा गरेका हुन् । गत बर्षको मुनाफाबाट बैंकहरुले कुल २२ अर्ब २३ करोड १४ लाख ९६ हजार १०८ रुपैयाँ बराबरको लाभांश दिने भएका छन् । यी बैंकहरुको हालको चुक्ता पुँजी २ खर्ब ६ अर्ब ९३ करोड ४६ लाख ६५ हजार ५ सय ५५ रुपैयाँ छ ।

बोनस वितरणपछि बैंकहरुको चुक्ता पुँजी २ खर्ब २४ अर्ब ९३ करोड ५ लाख ८६ हजार ९ सय १२ रुपैयाँ पुग्ने छ । एनसीसी, कृषि विकास, प्राइम र सेन्चुरी बैंककोे लाभांश भने घोषणा हुन बाँकी छ ।

 हेर्नुहोस् सूचि :

बैंक                           लाभांस दर
एनएमबी बैंक                       ३५
नबिल बैंक                            ३४
सिद्धार्थ  बैंक                         २५.२६
ग्लोबल आइएमई बैंक           २५.५
एभरेष्ट बैंक                         २५
नेपाल बैंक                           २५
स्टान्र्डर्ड चार्टर्ड बैंक               २२.५
हिमालय बैंक                       २२
सानिमा बैंक                        २१.०५
एनआइसी एसिया बैंक            २१.५
नेपाल इन्भेष्टमेन्ट बैंक           १९
बैंक अफ काठमाडौँ                   १७
नेपाल एसविआई बैंक               १६.८४
प्रभु  बैंक                               १६.८४
माछापुच्छ्रे बैंक                      १६
सनराइजबैंक                       १५.८
सिटिजन्स बैंक                     १५
लक्ष्मी बैंक                          १५
जनता बैंक                          १२
नेपाल बंगलादेश बैंक           १२
मेगा बैंक                          ११.७५
कुमारी बैंक                      १०.५२
सिभिल बैंक                     ६.५७

२०७६ मंसिर ०८ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ८ आइतवार १०:१४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...