back
NMB ad

पाटे बाघको छालासहित धादिङबाट ६ जना पक्राउ

Kumari bank ad

धादिङ । धादिङ प्रहरीले पाटे बाघको छालासहित ६ जनालाई पक्राउ गरेको छ ।

गजुरी गाउँपालिका वडा नम्बर २ चालिसे भन्ने ठाउँबाट शनिबार साँझ सोही गाउँपालिका वडा नम्बर ३ का भाईराम प्रजा, राजेन्द्र तामाङ, ज्ञान बहादुर बिक, आशिष तामाङ तथाबेनिघाट रोराङ गाउँपालिका २ का सन्त तामाङ र राज कुमार तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सरोज राई र ईलाका प्रहरी कार्यालय गजुरी धादिङबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

मोटरसाइकलमा सवार ६ जना व्यक्तिहरुलाई प्रहरीले खानतलासी गर्दा बा १८ प ९६९३ नम्बरको मोटरसाइकल चालक प्रजा र पछाडी सवार राजेन्द्र तामाङले बोकेको झोलाभित्र ७ फिट २ इन्च लम्बाई‚ १ फिट ३ इन्च चौडाई भएको पाटे बाघको छाला १ थान फेला परेको थियो ।

त्यसपछि अन्य ४ जनाको पनि संलग्नता रहेको खुलेपछि उनीहरुलाई पनि प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिम थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय धादिङ पठाइएको छ ।

२०७६ मंसिर ०८ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ८ आइतवार १४:०१ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...