प्राइम बैंकले १६ प्रतिशत बोनस दिने

काठमाडौं । प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस दिने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १६ बोनस सेयर दिने निर्णय गरेको हो ।

नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । गत वर्ष पनि प्राइमले १६ प्रतिशत नै बोनस सेयर वितरण गरेको थियो । कर तिर्ने पैसा भने लगानीकर्ता आफैंले जोहो गर्नुपर्नेछ ।

बैंकले १ अर्ब ५४ करोड ९८ लाख ९६ हजार १६० रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि भने चुक्ता पुँजी ११ अर्ब २३ करोड ६७ लाख ४७ हजार पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ६५ करोड ९७ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्राइमको प्रतिसेयर आम्दानी २७ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ०८ पैसा छ ।

२०७६ मंसिर ०९ गते प्रकाशित

२०७६ मंशिर ९ गते ११:५५ मा प्रकाशित

You can share this post!

मन्त्रालयको चेतावनी : बिदा नलिई लोक सेवाको तयारी गर्ने कर्मचारीलाई कारबाही गर्ने

सोमबार सुनको मूल्य स्थिर

Related posts