काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार ७१ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ७१ हजार ३०० मा कारोबार भएको छ । यस्तै चाँदी पनि आइतबारकै मूल्य रु ८५५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
२०७६ मंसिर ०९ गते प्रकाशित
वि.सं.२०७६ मंसिर ९ सोमवार १२:०८ मा प्रकाशित