back
NMB ad

अब कानुन पढ्न पनि कोटा ! ल क्याम्पसले तीन सय विद्यार्थीमात्र भर्ना लिने

Kumari bank ad

काठमाडौं । काठमाडौंको प्रदर्शनमार्ग स्थित नेपाल ल क्याम्पसले अबदेखि सीमित संख्यामा मात्रै विद्यार्थी भर्ना लिने भएको छ ।गत वर्ष एलएलबी पहिलो वर्षमा विद्यार्थी संख्या अत्यधिक भएपछि यसपटक कोटा निर्धारण गरिएको हो ।

ल क्याम्पसले तीन सय जना विद्यार्थी मात्रै भर्ना लिने भएको छ। क्याम्पसले सोमबार सूचना निकालेर डिन कार्यालयको पत्रअनुसार तीन सय जना मात्रै भर्ना लिने उल्लेख गरेको छ।

तीन वर्षे एलएलबी पढ्न भर्ना हुनका लागि पनि प्रवेश परीक्षा पास गर्नुपर्ने नियम बनाइएको छ । ‘शैक्षिक सत्र २०७५र०७६ को एलएलबी पहिलो वर्षमा भर्ना हुन चाहने विद्यार्थीले मंसिर १० (मंगलबार) देखि मंसिर २५ गतेसम्म क्याम्पसले उपलब्ध गराएको आवेदन फारम भरिसक्नुपर्नेछ,’ क्याम्पसले निकालेको सूचनामा भनिएको छ।

फारम क्याम्पस परिसरमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेभित्र भर्न सकिनेछ । यसअघि क्याम्पसले गत चैत २८ मा निकालेको सूचनाअनुसार फारम भरिसकेकाहरूले पुनस् फारम भर्न नपर्ने क्याम्पसले जनाएको छ ।

प्रवेश परीक्षा कहिले गर्ने अहिले तोकिसकिएको छैन । गत वर्ष नै ल क्याम्पसमा कोटा निर्धारण गरिए पनि लागू भएको थिएन । आठ सय जना विद्यार्थी भर्ना लिन प्रवेश परीक्षा लिए पनि विद्यार्थी संगठनहरूले उत्तरपुस्तिका नै च्यातिदिएपछि प्रवेश परीक्षाविनै भर्ना लिइएको थियो ।

गत वर्ष १२ हजार जना विद्यार्थीले एलएलबी पहिलो वर्षमा भर्ना गरेका थिए। जसबाट क्याम्पसलाई १० करोड रुपैयाँभन्दा बढी शुल्क उठेको थियो ।

एलएलबी पहिलो वर्ष पढ्न विद्यार्थीले ९ हजार एक सय ५० रुपैयाँ तिर्नुपर्छ । विद्यार्थी संख्या बढेअनुसार शिक्षक र कर्मचारी मात्र होइन भौतिक संरचना पनि ल क्याम्पसमा अभाव छ ।

दुई वर्षअघि ल पढ्न चार हजार दुई सय ३८ जनाले भर्ना गरे पनि त्यो संख्या बढेर गत वर्ष १२ हजार पुगेको थियो ।

२०७६ मंसिर ०९ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ९ सोमवार १२:४४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...