२०७६ मंसिर ०९ गते प्रकाशित
काठमाडौं । नेप्सेमा सोमबार ३ कम्पनीको ४४ लाख ६ हजार ९०५.७२ कित्ता बोनस सेयर थपिएको छ । जसमा सबैभन्दा धेरै प्राइम लाइफ इन्सुरेन्सको २२ लाख ३१ हजार ४३.७५ कित्ता बोनस सेयर सूचीकरण भएको छ ।
यस कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई १२.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही सेयर अहिले नेप्सेमा सूचीकृत गरिएको हो ।
त्यसैगरी, नेको इन्सुरेन्सको १४ लाख ११ हजार ५३४.०८ कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
यसैगरी, नेपाल इन्सुरेन्सको पनि ७ लाख ६४ हजार ३२७.८९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेपाल इन्सुरेन्सले पनि आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस अहिले सूचीकरण गरिएको हो ।
वि.सं.२०७६ मंसिर ९ सोमवार १७:२६ मा प्रकाशित