back
NMB ad

सरकारद्वारा २० सह-सचिवको दरबन्दी थप, यी १९ जिल्लामा सिडियोको नेतृत्व गर्ने

Kumari bank ad

काठमाडौँ । सरकारले २० सह–सचिवको दरबन्दी थप गरेको छ । गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै सरकारले दरबन्दी थप गर्ने भएको हो ।

गृह मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयमार्फत प्रस्ताव पेस गरेको थियो । मङ्सिर ३ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट सो प्रस्ताव स्वीकृत भएसँगै सह–सचिवको दरबन्दी थपिन लागेको हो ।

प्रस्ताव स्वीकृत भएसँगै अब १९ पहाडी जिल्लामा सह–सचिवले प्रमुख जिल्ला अधिकारीको नेतृत्व गर्नेछन् । सह–सचिव तहका कर्मचारी सिडिओ रहने जिल्ला पाँचथर, भोजपुर, खोटाङ, संखुवासभा, ओखलढुङ्गा, रामेछाप, दोलखा, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, सल्यान, डोल्पा, बैतडी, जुम्ला, दैलेख, अछाम र डडेल्धुरा छन । हाल ती जिल्लाहरुमा उप–सचिबले प्रमुख जिल्ला अधिकारीको नेतृत्व गर्दै आएका छन।

यस अघि प्रमुख जिल्ला अधिकारीको नेतृत्व ४२ जिल्लामा सह–सचिव र ३५ जिल्लामा उप–सचिवले गर्दै आएका छन् ।
गृहका अनुसार दुई निर्वाचन क्षेत्र भएको जिल्लामा प्रमुख जिल्ला अधिकारीको लागि सह–सचिव खटाउने प्रस्ताव पेस गरिएको हो ।

सहसचिव खटाइने जिल्लामा प्रहरीको नेतृत्वको लागि प्रहरी उपरीक्षक (एसपी) खटाइने गृह स्रोतले जनाएको छ । तर एसपीको लागि पनि दरबन्दी थप गर्ने तयारी रहेको छ । हालका लागि भने रहेकै जनशक्तिबाट एसपी खटाइनेछन।

हाल ४० जिल्लामा एसपी, ३५ जिल्लामा प्रहरी नायव उपरीक्षक र दुई जिल्लामा प्रहरी वरिष्ठ उपरीक्षक खटाइँदै आएको छ । नयाँ तयारी १६ जिल्लामा मात्रै प्रहरी नायव उपरीक्षक खटाइने छन् । नेपाल प्रहरीमा यस अघि तीन हजार पाँच सय १६ दरबन्दी थप भएको थियो ।

२०७६ मंसिर १० गते प्रकाशित

वि.सं.२०७६ मंसिर १० मंगलवार ०८:१० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...