प्रभु बैंकको भिसा कार्ड माघदेखि नचल्ने

काठमाडौं । प्रभु बैंकको भिसा कार्ड नचल्ने भएको छ । बैंकले सूचना निकालेर माघ १ गतेदेखि कार्ड नचल्ने बताएको हो ।

मंगलबार जारी सूचनामा बैंकले अत्याधुनिक प्रविधियुक्त एसटिसी युपिआइ कार्ड प्रयोगमा ल्याउनको लागि पुरानो कार्ड बन्द गर्न लागेको उल्लेख छ ।

अधिकतम सुविधा र सुरक्षित कारोबारको लागि बैंकले नयाँ कार्डको प्रविधि भित्राउन लागेको हो । बैंकले माघ १ गते भित्र भिसा कार्ड हुने ग्राहकको लागि नजिकको बैंकमा जानकारी गराएर नयाँ कार्ड लिन पनि आह्वान गरेको छ ।

२०७६ मंसिर १० गते प्रकाशित

२०७६ मंशिर १० गते ११:१७ मा प्रकाशित

You can share this post!

गरिमा विकास बैंकको बार्षिकोत्सवको अवसरमा देशका ११ स्थानमा रक्तदान

ग्लोबल आइएमई बैंकले ल्यायो जन्मभूमि घर कर्जा

Related posts