back
NMB ad

राष्ट्र बैंकका कर्मचारीहरुको पनि उमेद हद थप हुने निश्चित ! कति होला थप ?

Kumari bank ad

काठमाडौं । निजामति कर्मचारीको उमेर हद थपिएसंगै नेपाल राष्ट्र बैंकका कर्मचारी अवकासको व्यवस्था परिवर्तन हुने भएको छ ।

‘संघीय संसदबाट ऐन पास भएर निजामति कर्मचारीमा लागू भएपछि राष्ट्र बैंकका कर्मचारीमा पनि त्यो व्यवस्था लागू हुन सक्छ,’ राष्ट्र बैंकका डेपूटी गर्भनर चिन्तामणी शिवाकोटीले भने ‘हामी पनि त्यही अनुसारको कर्मचारी विनियामावली संशोधन गछौँ ।’ अब राष्ट्र बैंकमा पनि कर्मचारीको उमेर हद थप गर्ने विषयमा छलफल सुरु गरिने डेपूटी गर्भनर शिवाकोटीले जानकारी दिए ।

गतसाता संसदको राज्य व्यवस्था तथा सुसाशन समितिले निजामति कर्मचारीको उमेर हद ५८ वर्षबाट बढाएर ६० वर्ष पुर्याउने सहमति गरेको छ । समितिले संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल गरी सेवा थप गर्ने प्रस्ताव पारित गरी प्रतिनिधि सभामा पठाएको हो । संसदबाट पारिद भएर आएपछि निजामति कर्मचारीको ६० वर्षे उमेरहद लागू हुनेछ ।

राष्ट्र बैंकमा विगतका वर्षहरुमा कर्मचारीको सेवा अवधि र उमेर हद विषयमा चर्को बिवाद छ । राष्ट्र बैंकमा अहिले दोहोरो अवकासको व्यवस्था छ । राष्ट्र बैंकको कर्मचारी सेवा प्रवेश गरेको ३० वर्ष वा ५८ वर्षमा जुन पहिले हुन्छ त्यो अनुसार अवकास हुने व्यवस्था रहेको छ । राष्ट्र बैंकमा नयाँ र पुराना कर्मचारीबीच यही विषयमा सधै विवाद हुने गरेको छ ।

एउटै व्यक्ति २ वर्ष अगाडिसम्म ३० वर्षको पक्षमा हुन्छ भने आफू अवकासमा जाने समय नजिक आएपछि ३० वर्षको विरोधमा लागेको हुन्छ ।

राष्ट्र बैंकमा नयाँ र पुराना कर्मचारीबीच ३० वर्षे र ५८ वर्षेको विवाद रहदै आएको छ । राष्ट्र बैंकले एक वर्ष अगाडि कर्मचारी अवकासको व्यवस्था ३० वर्षलाई हटाएर ५८ वर्ष पुगेपछि लागू गर्न खोजेको थियो । संचालक समितिले निर्णय गरेर लोकसेवा आयोगसँग राय मागेको थियो । लोकसेवाले निजामति कर्मचारी ऐन संशोधन क्रममा रहेको र संशोधन अनुसार गर्नु भन्ने राय दिएको थियो ।

त्यसको विरोधमा ३० वर्षे सेवाअवधिको कारण अवकाशमा जान लागेका कर्मचारीहरु सर्वोच्च अदालत गएका थिए । सर्वोच्च अदालतले कर्मचारीको सेवाअवधिको विषयमा निर्णय गर्न राष्ट्र बैंक स्वायत्त रहेको फैसला सुनाएको थियो ।

राष्ट्र बैंकले वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत पुराना कर्मचारी हटाउनका लागि ३० वर्षे काम गरेपछि अवकासमा जानुपर्ने व्यवस्था ल्याएको थियो । त्यो बेला सो निर्णय ठीक भएपनि अहिले ५५ वर्षको उमेरमा नै ३० वर्षे हदबन्दीको कारण राष्ट्र बैंकले दक्ष जनशक्ति गुमाएको छ ।

निजामति ऐनको संशोधन विधेयकमा कर्मचारी अवकासको व्यवस्था ५८ बाट बढाएर ६० पुर्याएको हुँदा सो व्यवस्था परिवर्तन गर्नुपर्ने माग राष्ट्र बैंकमा उठेको छ । सर्वोच्चले पनि कर्मचारी अवकासको व्यवस्था कस्तो लागू गर्ने सोका लागि राष्ट्र बैंक स्वायत्त रहेको फैसला सुनाएको थियो ।

संसदको राज्य व्यवस्था तथा सुसाशन समितिले नेपालीहरुको औषत आयू थप भएको हुँदा कर्मचारीहरुले राज्यलाई दिने उमेर हद थप गरिनुपर्ने निर्णाय गरी सो प्रस्ताव पारित गरी संघीय संसदमा गतसाता नै पठाएको छ ।

संसदले निजामति कर्मचारीको उमेर थप पर्ने प्रस्तावलाई पारित गरी सो व्यवस्था लागू भएमा राष्ट्र बैंकका कर्मचारीहरुको पनि उमेद हद थप हुने निश्चित छ ।

२०७६ मंसिर ११ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ११ बुधवार ११:१९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...