back
NMB ad

किर्ते गरेर बैंकबाट रकम निकाल्ने गिरोह पक्राउ (नामसहित)

Kumari bank ad

काठमाण्डौ । बैंकमा खाता खोलेर अरुको हस्ताक्षर नक्कल गरी रकम निकाल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न बैंकमा खाता खोलेर हस्ताक्षर नक्कल गरी लाखौँ रुपैयाँ निकाल्ने ६ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर,काठमाण्डौले जनाएको छ ।

जनता बैंकका खातावाल गोपालमान राजवाहकले आफ्नो खाताबाट मंसिर ८ गते १९ लाख ९९ हजार रुपैयाँ निकालेको मोबाइल मेसेज आएको भन्दै प्रहरीमा उजुरी दिनभएको थियो ।

त्यसै सूचनाको आधारमा प्रहरीले राष्ट्र बैंक र सम्बन्धित बैंकसँग छलफल गरी प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको थियो ।

अनुसन्धानका क्रममा किर्ते गरी रकम निकाल्दै गरेको अवस्थामा चोरीमा संलग्न ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाण्डौका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुको साथबाट विभिन्न बैंकका चेकबुक, खाता खोल्न तयार रहेका फर्महरु, एनआईसी एसिया बैंकको भिसा कार्ड, झण्डै ३ सय जनाको नागरिकताको फोटोकपी तथा हस्ताक्षरका नक्कलहरु र १८ लाख ५० हजार रुपैयाँ बरामद भएको सुवेदीले बताउनु भयो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रेपलान्चोक पाँचखाल घर भएर काठमाण्डौ कालिमाटी बस्ने वर्ष १९ को सुभाष श्रेष्ठ, वर्ष १९ कै कुमार तामाङ, वर्ष १८ को मनिष घिमिरे, वर्ष २१ को अन्जन बराल, बागलुङको गलकोट नगरपालिका घर भइ काठमाण्डौ बुद्धनगर बस्ने वर्ष २५ को सुमन पौडेल र सिन्धुपाल्चोक ज्यामिरे घर भएर काठमाण्डौ सुविधानगर बस्ने वर्ष ३० को गोविन्द घिमिरे रहेका छन् ।

२०७६ मंसिर ११ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ११ बुधवार १४:२७ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...