पुस ४ गते रिडी हाइड्रोपावरको १८औं साधारण सभा, बोनस र लाभांशको प्रस्ताव

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको १८औं वार्षिक साधारण सभा पुस ४ गते हुने भएको छ । सभा बानेश्वर ब्यांक्वेट, काठमाडौंमा दिउँसो १२.३० बजे शुरु हुने भएको हो ।

कम्पनीको प्रस्तावमा चुक्तापूँजीको ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश (बोनसमा लाग्ने कर समेत) वितरण गर्न स्वीकृत गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने जस्ता विषयहरु रहेका छन ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर १९ गते (एक दिन) शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । मंसिर १८ गतेसम्मका कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन ।

२०७६ मंसिर १२ गते प्रकाशित

२०७६ मंशिर १२ गते १०:०० मा प्रकाशित

You can share this post!

सीप परीक्षणका लागि दरखास्त आह्वान (सूचनासहित)

छुट्ला नि सरकारी जागिर ! नजिकिँदै छ आवेदन दिने अन्तिम मिति (सूचनासहित)

Related posts