छुट्ला नि सरकारी जागिर ! नजिकिँदै छ आवेदन दिने अन्तिम मिति (सूचनासहित)

काठमाडौँ । सरकारी जागिरको खोजिमा रहेका नेपालीहरुका लागि सुनौलो अवसर सृजना भएको छ । विभिन्न पदका लागि दुग्ध विकास संस्थानल ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

संस्थानले अधिकृत स्तर र सहायक स्तरमा गरेर १२३ जना कर्मचारीको माग गरेको छ । संस्थानले एक सूचना प्रकाशित गरी अधिकृतस्तरमा ३३ जना र सहायक स्तरमा ९० जना कर्मचारी माग गरेको हो ।

आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी पदको प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गरिने संस्थानको पदपूर्ति समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

आगामी मंसिर १९ गतेभित्र र दोब्बर दस्तुर तिरी मंसिर २६ गतेभित्र आवेदन दिन सक्ने सूचनामा जनाइएको छ ।

२०७६ मंसिर १२ गते प्रकाशित

२०७६ मंशिर १२ गते १०:२६ मा प्रकाशित

You can share this post!

पुस ४ गते रिडी हाइड्रोपावरको १८औं साधारण सभा, बोनस र लाभांशको प्रस्ताव

राष्ट्रिय सूचना आयोगले माग्यो प्रमुख आयुक्त र दुई आयुक्त

Related posts