back
NMB ad

राष्ट्रिय सूचना आयोगले माग्यो प्रमुख आयुक्त र दुई आयुक्त

Kumari bank ad

काठमाडौं । राष्ट्रिय सूचना आयोगले एक जना प्रमुख सूचना आयुक्त र दुई जना आयुक्त माग गरेको छ । आयोगका पदाधिकारी नियुक्ति सिफारिस समितिको सचिवालयले बिहीबार सूचना निकालेर इच्छुकबाट आवेदन माग गरेको हो ।

सूचनाको हकसम्बन्धी ऐन २०६४ ले सूचनाको हकको संरक्षण, सम्बर्द्धन र प्रचलनको लागि सूचना आयोगको व्यवस्था गरेको छ ।

ऐनको दफा ११ अनुसार आयोगमा एक प्रमुख आयुक्त र दुई जना आयुक्त रहन्छन । ‘आयोगका पदाधिकारीहरूको पदावधि समाप्त हुने क्रममा रहेकोले रिक्त हुने पदहरूमा योग्य र उपयुक्त व्यक्तिहरूको नियुक्तिका लागि इच्छुक उम्मेदवारहरूबाट आवेदन माग गर्ने निर्णय’ सिफारिस समितिले गरेको हो ।

मंसिर १९ गतेभित्र इच्छुकले सिफारिस समितिको कार्यालय देवीनगर काठमाडौंमा आवेदन दिन सकिने समितिले जानकारी दिएको छ ।

आयोगका लागि कम्तिमा स्नातकोपाधि हासिल गरेको, आमसञ्चार, कानुन न्याय, सार्वजनिक प्रशासन, सूचना प्रविधि वा व्यवस्थापनको क्षेत्रमा कम्तिमा १५ वर्षको अनुभव हासिल गरेको हुनुपर्ने योग्यता छ । ६५ वर्ष उमेर ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन।

२०७६ मंसिर १२ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १२ बिहीवार ११:४३ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...