back
NMB ad

१९ बैंकका सञ्चालक, सीईओ र कर्मचारीमाथि अनुसन्धान सुरु

Kumari bank ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा रहेका सर्वसाधारणको गोप्य विवरण चोरी गरेर रकम झिकेको भेटिएपछि प्रहरीले १९ वटा बैंकरफाइनान्सका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र कर्मचारीमाथि अनुसन्धान सुरु गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले तीन विकास बैंक, तीन फाइनान्स र १३ वटा वाणिज्य बैंकका सञ्चालक तथा कर्मचारीमाथि अनुसन्धान थालेको हो ।

गिरोहले मंसिर ८ गते जनता बैंकबाट १९ लाख ९९ हजार र मुक्तिनाथ विकास बैंकबाट १० लाख रुपैयाँ अनधिकृत भुक्तानी लिएका थिए । केही कर्मचारी र सञ्चालकको संलग्नता पुष्टि गर्ने क्रममा रहेकाले कसैको पनि नाम सार्वजनिक नगरिएको जानकारी प्रहरीले दिएको छ ।

काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होविन्द्र बोगटीले अनुसन्धान दायरामा परेका सञ्चालक र कर्मचारीमाथि सादा पोसाकका प्रहरी खटाएर निगरानी थालिएको बताए ।

प्रहरीले राष्ट्र बैंकसँगको समन्वयमा बैंकका सञ्चालक र कर्मचारीमाथि अनुसन्धान सुरु गरेको हो ।‘सर्वसाधारणको गोप्य खाता कर्मचारी र सञ्चालकको मिलेमतोबिना गिरोहको पहुँचसम्म पुग्नै सक्दैन, यस विषयमा हामीले सूक्ष्म अनुसन्धान गरिरहेका छौं,’ डीएसपी बोगटीले कान्तिपुरसँग भने, ‘पक्राउ परेका व्यक्तिका साथबाट बरामद कागजात तथा अन्य तथ्य र प्रमाणका आधारमा १९ बैंकरवित्तीय संस्थाका सञ्चालक र कर्मचारी अनुसन्धान दायरामा छन् ।’

प्रहरीले बैंकको रकम चोरीमा संलग्नबाट सेञ्चुरी बैंक, आईसीएफसी फाइनान्स, लक्ष्मी बैंक, मञ्जुश्री फाइनान्स, ज्योति विकास बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, जनता बैंक, एनआईसी एसिया बैंक, सिभिल बैंक, बैंक अफ काठमान्डु, गोर्खाज फाइनान्स, कैलाश विकास बैंक र युनाइटेड फाइनान्सका गोप्य कागजात बरामद गरेको छ ।

त्यस्तै एनसीसी बैंक, एभरेस्ट बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र मुक्तिनाथ विकास बैंकका एटीएम, चेकबुक, खाता खोल्न प्रयोग गरिने कागजात, २ हजारभन्दा बढी व्यक्तिका नागरिकताको फोटोकपी, ६ सयभन्दा बढी व्यक्तिका बैंक खाताको हस्ताक्षर बरामद गरिएको प्रहरीले जनाएको छ ।

छानबिनमा परेका बैंकबाट सीसीटीभी फुटेज उपलब्ध गराउनसमेत प्रहरीले पत्र पठाइसकेको छ । राष्ट्र बैंकले अनुसन्धानमा कुनै कसर बाँकी नराख्न प्रहरीलाई आग्रह गरेको छ ।

‘गोप्य विवरणसम्म पहुँच बनाएर गिरोहले बैंकबाट रकम अनधिकृत रूपमा झिक्नु गम्भीर अपराध हो, यसमा जुनसुकै ओहदाका कर्मचारी वा सञ्चालक भए पनि अनुसन्धान दायरामा पर्छन्,’ डीएसपी बोगटीले भने, ‘राष्ट्र बैंकले पनि बैंकका महत्त्वपूर्ण कागजात कसका कारणले बाहिरियो भन्नेबारे सूक्ष्म रूपमा अनुसन्धान गर्न भनेको छ, हामी यसबारे छिट्टै एउटा निष्कर्षमा पुग्छौं ।’ प्रहरीले अनुसन्धान दायरामा परेका बैंकबाट नगद कारोबार विवरण (बैंक स्टेटमेन्ट) समेत झिकाइसकिएको जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

२०७६ मंसिर १३ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १३ शुक्रवार ०८:०९ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...