back
NMB ad

पोखरा फाइनान्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

Kumari bank ad

काठमाडौं । पोखरा फाइनान्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेको छ । इनान्सको मंसिर १३ गते शुक्रबार बसेको सञ्चालक समिति बैठकले १४.२० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

जसमा ७ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ७.२० प्रतिशत नगद लभांश हुनेछ । पोखरा फाइनान्सले हाल कायम ८५ करोड ७२ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजीबाट ६ करोड ९ हजार रुपैयाँ बराबरको बोनस र ६ करोड १७ लाख २३ हजार रुपैयाँ नगद लाभांश दिन लागेको हो ।

प्रस्तावित लाभांश लगानीकर्ताले नेपाल राष्ट्र बैंक र फाइनान्सको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि पाउनेछन् । पोखरा फाइनान्सको लाभांश दर गत वर्ष भन्दा केही बढेको छ । गत वर्ष यसले १३.६८ प्रतिशत लाभांश दिएको थियो ।

पोखरा फाइनान्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २ करोड ९३ लाख ५९ हजार ५ सय ७५ रुपैयाँ नाफा खुद कमाएको छ । यो गत वर्षको भन्दा २३.६५ प्रतिशत ले धेरै हो । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७० पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९८ पैसा छ ।

२०७६ मंसिर १३ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १३ शुक्रवार १०:५२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...