काठमाडौं । रामेछाप नगरपालिका ८ बाढीका जीतबहादुर हायुको परिवारमा ३० जना सदस्य छन् । हरेक सदस्यले मासिक ३ हजारका दरले सामाजिक सुरक्षा भत्ता पाउँछन् । यो भनेको मासिक ९० हजार हो ।
हायु परिवारलाई सामाजिक सुरक्षा भत्ताले उनीहरुको जीवन निर्वाह सहज भएको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
हायुलाई सरकारले लोपोन्मुख जातिमा सूचीकृत गरेको छ भने सामाजिक सुरक्षाभत्ता पाउन अरुलाई जस्तो उनीहरुलाई ७० वर्ष पुग्नु पर्दैन ।
२०७६ मंसिर १६ गते प्रकाशित
वि.सं.२०७६ मंसिर १६ सोमवार ०७:५१ मा प्रकाशित