back
NMB ad

सरकारले अघि बढायो बूढीगण्डकीको बाँकी मुआब्जा वितरण प्रक्रिया

Kumari bank ad

काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजनाको बाँकी मुआब्जा वितरण प्रक्रिया सरकारले अघि बढाएको छ ।

जिल्ला प्रशासन कार्यालय, गोरखाले १०३२ र धादिङले १७१६ जग्गाधनीहरूको थाती मुआब्जा वितरण प्रक्रिया मंगलबार सार्वजनिक सूचना जारी गर्दै अघि बढाएको हो ।

गोरखातर्फ साविक आरूचनौटे र थुमी गाविस तथा धादिङतर्फ साविक सल्यानटार गाविसको मुआब्जा वितरण प्रक्रिया रोकिएको थियो ।

अन्य स्थानमा वितरण भए पनि यो क्षेत्रमा भने जग्गाको वर्गीकरणलगायत विवादले रोकिएको थियो । विवाद समाधानपछि मुआब्जा वितरण प्रक्रिया अघि बढाइएको हो ।

जिल्ला प्रशासन कार्यालय, गोरखा र धादिङले मंगलबार एक सूचना जारी गर्दै जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९, १० र ११ बमोजिम मुआब्जा वितरणका लागि निवेदन आह्वान गरेको जनाएका छन् ।

लाभग्राहीले मंसिर १८ देखि निवेदन दिन समय दिइएको छ । गण्डकी गाउँपालिका–८ स्थित सिउरेनिटारमा रहेको बूढीगण्डकी जललविद्युत् आयोजनाको कार्यालयलाई दुवै जिल्लाका प्रशासन कार्यालयले निवेदन बुझाउने स्थान तोकेका छन् । सूचीमा धादिङतर्फ १७१६ र गोरखातर्फ १०३२ जग्गाधनी परेका छन् ।

जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको चर्चा लामो समयदेखि चले पनि यसको क्षमता र निर्माण मोडालिटीलगायतमा अन्योलता छ ।

नेपालको जलविद्युत् उत्पादनमा यो आयोजनाको ठूलो योगदान रहने भए पनि यसले गति पक्डन सकेको छैन ।

२०७६ मंसिर १७ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १७ मंगलवार ०८:४७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...