शिक्षक लाइसेन्स नक्कली भएको आरोपमा शिक्षकविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यापन अनुमतिपत्र नक्कली भएको आरोपमा दाङमा कार्यरत एक जना शिक्षकविरुद्ध मुद्धा दायर गरेको छ ।

दाङको गुरू जजुर माध्यमिक विद्यालय रक्षाचौरमा कार्यरत राहत शिक्षक टेकमान थापाविरुद्ध आयोगले विशेष अदालत काठमाडौंमा सोमबार मुद्धा दायर गरेको हो ।

निमावि तहको अध्यापन अनुमति-पत्र नक्कली भएको उजुरी परेपछि उनीविरुद्ध अनुसन्धान गर्ने क्रममा अध्यापन अनुमतिपत्र नक्कली भेटिएको दाबीसहित उनीविरुद्ध अख्तियारले मुद्धा दायर गरेको हो ।

थापाले झुट्टा एवं नक्कली अध्यापन अनुमति(पत्र पेश गरी राहत शिक्षकको रूपमा कामकाज गरेको पाइएकोले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन माग दाबीसहित मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

२०७६ मंसिर १५ गते प्रकाशित

२०७६ मंशिर १७ गते ०९:४७ मा प्रकाशित

You can share this post!

अर्थमन्त्रीका छोरा तिलक खतिवडा थाले सनराइज बैंकमा जागिर, यसकारण छोडे जनता बैंक

मनपरी बीमालेख जारी गर्ने प्रवृत्तिलाई व्यवस्थित गर्न मार्गदर्शन जारी गर्दै समिति

Related posts