back
NMB ad

जनता बैंकद्वारा आर्थिक सहयोग

Kumari bank ad

काठमाण्डौं । जनता बैक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवालाई आँखा उपचार सम्बन्धी क्रोनियल टोपोग्राफी मेसिन खरिद का लागि ४ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ ।

उक्त सहयोग रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका अध्यक्ष सागर प्रताप राणालाई हस्तान्तरण गर्नुभयो । नेपाल नेत्रज्योती संघबाट संचालित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान यस क्षेत्रको प्रमुख आँखा उपचार केन्द्रको रुपमा रहेको छ ।

यसै गरी बैंकले सुदुरपश्चिम प्रदेशको अछाममा रहेको वैद्यनाथ क्षेत्र विकास संस्थालाई अक्षयकोष प्रयोजनार्थ २ लाख ५१ हजार सहयोग उपलब्ध गराएको छ । उक्त रकमको चेक प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले वैद्यनाथक्षेत्र विकास संस्थाका संस्थापक संरक्षक सुरतबहादुर थापा र संरक्षक तथा पूर्व प्रहरी महानिरिक्षक मोतिलाल बोहरालाई हस्तान्तरण गर्नुभयो । उक्त संस्थाले अछाम जिल्लाको वैद्यनाथ क्षेत्रमा बि.सं. २०५५ साल देखि वैद्यनाथ वेदविद्याश्रम संचालन गरिरहेको छ । उक्त सहयोग रकम विद्याश्रममा अध्ययनरत वटुकहरुको सहयोगको लागि खोलिएको अक्षय कोषमा जम्मा गरिनेछ ।

जनता बैंक नेपाल लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा गाभिई यहि २०७६ मंशिर २० गते देखि एकिकृत कारोवार गर्न गइरहेका छन् । दुवै बैंक गाभिए पछि ग्लोबल आइएमई बैंक लिमिटेड २४ अर्ब भन्दा बढी प्राथमिक पुँजी, २ खर्ब ४ अर्ब बचत, १ खर्ब ९४ अर्ब कर्जा लगानी तथा ८५० भन्दा बढी सेवा केन्द्र भएको देशकै ठूलो बाणिज्य बैंकको रुपमा स्थापित हुनेछ ।

२०७६ मंसिर १७ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १७ मंगलवार १५:५७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...