काठमाडौं । ग्लोबल आइएमइ बैंक ३० घण्टा बन्द हुने भएको छ । जनता बैंकलाई गाभेर एकिकृत कारोबार गर्न लागेकाले बन्द हुने भएको हो। ग्लोबलसँगै जनता बैंकको सेवा पनि बन्द हुने छ ।
मंसिर २० गतेबाट एकिकृत कारोबार सुरु हुँदैछ । जनता र ग्लोबल आइएमइ आज साँझ ६ बजेदेखि भोली राति १२ बजेसम्म बन्द हुने छ ।
दुबै बैंकको एटिएम, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङदेखि शाखारहित बैंकिङ सेवासम्म बन्द हुने बैंकले जनाएको छ ।
२०७६ मंसिर १८ गते प्रकाशित
वि.सं.२०७६ मंसिर १८ बुधवार ०९:१८ मा प्रकाशित