काठमाडौं । महाराजगञ्जको मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे अस्पतालले प्रेस विज्ञप्ति जारी गरेको छ ।
बुधवार बिहान १० बजे प्रेस विज्ञप्ति जारी गर्दै अस्पतलाले ओलीलाई ‘चिकित्सकीय अवलोकन’मा राखिएको जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको समेत जनाइएको छ ।
२०७६ मंसिर १८ गते प्रकाशित
वि.सं.२०७६ मंसिर १८ बुधवार १०:४४ मा प्रकाशित