बजाजका ६ मोटरसाईकलको बढ्यो मूल्य, कुनको मूल्य कति ?

काठमाडौं । बजाज कम्पनीले नेपालमा बिक्री हुने ६ प्रकारका मोटरसाइकलको मूल्य बढाएको गरेको छ । नेपालको आधिकारिक विरतक हन्सराज हुलासचन्द एण्ड कम्पनीले मूल्य परिमार्जन भएको जनाएको हो ।

मूल्य बढेसँगै बजाजको सबैभन्दा सस्तो बाइक प्लाटिनाको मूल्य एक हजार बढेर १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको छ । बजाजले डिस्कभर १२५ को ड्रम र डिस्क भेरियन्टको मूल्य पनि बढाएको छ ।

१२५ ड्रमको मूल्य चार हजारले बढेर १ लाख ८७ हजार ९ सय र डिस्क भेरियन्टको तीन हजार बढेर १ लाख ९४ हजार ९ सय रुपैयाँ पुगेको छ ।त्यस्तै कम्पनीले डिस्कभर एसटीमा तीन हजार, पल्सर १५० र सोही रेन्जको टिडीमा २ हजार बढाएको छ ।

अरु मोडलका मोटरसाइकलको मूल्यभने यथावत रहेको कम्पनीले जनाएको छ ।तर कम्पनीले डोमिनार भने नेपालमा उत्पादन सुरु गरेसँगै ६० हजार रुपैयाँ मूल्य घटाएको छ । बजाजको पल्सर सिरिज, एनएस सिरिज, एभेन्जर, प्लाटिना, डोमिनार र डिस्कभर लगायत १८ भेरियन्टको बिक्री वितरण गर्दै आएको छ ।

२०७६ मंसिर १८ गते प्रकाशित

२०७६ मंशिर १८ गते १४:०० मा प्रकाशित

You can share this post!

लिखित परीक्षाको नतिजा सार्वजनिक, को-को उत्तिर्ण ? (नामावलीसहित)

नेप्सेमा २ बैंकको ऋणपत्र सूचीकृत

Related posts