back
NMB ad

अटोमोवाइल क्षेत्र एकाएक तरङ्गित, अध्यक्षमा एकै प्यानलका दुलाल र कपुरीविच भिडन्त

Kumari bank ad

काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको अघिल्लो निर्वाचनमा एकै प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएका कृष्ण प्रसाद दुलाल र प्रकाश कपुरी अध्यक्षमा भिड्ने भएका छन् ।

दुलाल पहिलेदेखि नै अध्यक्षको आकांक्षि थिए भने कपुरीले अन्तिम समय अध्यक्षमा उमेद्वारी दिने घोषण गरे । यससँगै अटोमोवाइल क्षेत्र एकाएक तरङ्गित बनेको हो । दुलाल र कपुरी दुवै शम्भु दाहालको कार्यकालमा उपाध्यक्ष थिए ।

आफुले उमेदवारी दिनेमा दई मत नभएको अध्यक्षको आकांक्षी कृष्ण प्रसाद दुलाल बताउँछन् ‘प्रकाशजीको कार्य समितिमै बसेर काम गर्ने चाहाना हो। उहाँ अहिले उपाध्यक्ष भएकोले सदस्य बन्नुस भन्न पनि मिल्दैन। म पनि नेतृत्वको लागि सक्षम छु । त्यसकारण यसको फैसला निर्वाचनले नै गर्छ,’ दुलालले भने ।

अध्यक्षको लागि आफू सक्षम भएको र शत प्रतिशत उमेदवारी दिने अध्यक्षका अर्का प्रत्यासी प्रकाश कपुरीले बताए । दुलाल निकट स्रोतअनुसार देशका ठूला अटोमोवाइल कम्पनीहरु दुलालका पक्षमा छन् । निराकर श्रेष्ठ, आकाश गोल्छा, करण चौधरी, अभिक ज्योती, नाडाका वर्तमान अध्यक्ष शम्भु दाहाल लगायत दुलालको पक्षमा रहेको स्रोतले जनाएको छ ।

त्यस्तै, उद्योग वाणिज्य महासघंका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पनि दुलाललाई समर्थन गर्ने अनुमान गरिएको छ ।
अगामि पौस ४ गते नाडाको ४३ औ वार्षिक साधारण सभा तथा केन्द्रिय कार्य समितीको निर्वाचन हुँदै छ ।

२०७६ मंसिर १८ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १८ बुधवार १६:३३ मा प्रकाशित

You can share this post!

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...