काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको ३३.६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज बिहीबार (मंसिर १९ गते) अन्तिम दिन हो ।
कम्पनीले यो लाभांश अनुमोदन गर्न पुस ११ मा साधारण सभा बोलाएको छ । यसका लागि शुक्रबार (मंसिर २० गते) बाट बुक क्लोज पुस ११ गतेसम्म गर्दैछ ।
सामुदायिकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ३२ प्रतिशत बोनस सेयर र कर तिर्न १.६८ प्रतिशत नगद वितरण गर्न लागेको हो ।
प्रस्तावित बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीबाट ५० प्रतिशत हकप्रद ल्याउने अर्को प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ ।
२०७६ मंसिर १९ गते प्रकाशित
वि.सं.२०७६ मंसिर १९ बिहीवार १०:२४ मा प्रकाशित