२०७६ मंसिर १९ गते प्रकाशित
बागलुङ । आगामी पुस ११ गतेदेखि २० गतेसम्म आयोजना गरिएको बागलुङ महोत्सवको तयारी तिव्ररुपमा भइरहेको छ ।
बागलुङ उद्योग बाणिज्य संघको आयोजनामा कला संस्कृतिको संरक्षण ,कृषि पर्यटन उद्योग तथा ब्यापारको प्रर्बदन भन्ने मुल नारासाथ हुन गइरहेको गण्डकी प्रदेश स्तरिय पर्यटन कृषि तथा ब्यापार औधोगिक मेला तथा बागलुङ महोत्सवको तयारीलाई तिव्रता दिइएको हो ।
धौलागरि बहुमुखी क्याम्पसको प्राङ्गण बागलुङमा हुन गइरहेको महोत्सवको तयारी ७० प्रतिशत पूरा भइसकेको बागलुङ उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले जानकारी दिनुभयो ।
बागलुङ उद्योग बाणिज्य संघको मुल संयोजकत्वमा हुन गइरहेको महोत्सवमा व्यापारीहरुले करिब २०० वटा स्टल बुकिङ गरिसकेको महोत्सव स्टल संयोजक गणेश लम्सालले जनकारी गराउनुभयो ।
महोत्सवमा जिल्लामा उत्पादित सुन्तला च्याउ तरकारी र स्थानीय उत्पादन लाई प्राथमिकता दिएर राख्ने लम्सालले बताउनुभयो ।
बागलुङ महोत्सब भब्य र सभ्य रूपमा सम्पन्न गर्न राष्ट्रिय स्तरका चर्चित कलाकार ३६ जनाले १० दिनसम्म गीत गाएर मनोरन्जन दिने कार्यक्रम रहेको महोत्सव कलाकार उप–समितिका संयोजक उमाकान्त शर्मा बाबुले बताउनुभयो ।
त्यस्तै महोत्सवमा बाट उद्योग बाणिज्य संघले १ करोड १७ लाख आम्दानी १ करोड ८ लाख खर्च हुने अनुमानित बजेट कोषाध्यक्ष सृजय श्रेष्ठले बताउनुभयो ।
बागलुङ उद्योग बाणिज्य संघले गतबर्षको महोत्सव बाट ११ लाख आम्दानी गरेर संघले अहिलेसम्म अक्षयकोषमा १६ लाख पुर्याइसकेको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बताउनुभयो ।
पर्यटन बर्ष २०२० सफल बनाउन पुस १७ गते डिजे कार्यक्रम संचालन गरि नयाँ बर्ष २०२० मा बागलुङ महोत्सवमै मनोरञ्जन दिने कार्यक्रम रहेको अध्यक्ष राजभण्डारीले बताउनुभयो ।
वि.सं.२०७६ मंसिर १९ बिहीवार १३:०६ मा प्रकाशित