back
NMB ad

‘भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन प्रदेश ३ विभिन्न तयारी : सबै नाकामा डिजिटल बोर्ड

Kumari bank ad

मकवानपुर । प्रदेश ३ सरकारले भ्रमण वर्ष २०२० लाई सफल बनाउन विभिन्न तयारी अगाडि बढाएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भ्रमण वर्षका अवसरमा प्रदेश र जिल्ला स्तरमा विभिन्न समिति बनाएर काम सुरु गर्न लागेको हो ।

संघीय सरकारको पर्यटन मन्त्रालयको कार्यक्रमलाई प्रदेश सरकारले पनि अभियानकै रुपमा अगाडी सारेको छ । भ्रमण वर्षका अवसरमा प्रदेश र जिल्ला स्तरको समिति बनाएर काम गर्न लागिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले जानकारी दिनुभयो । प्रदेशमा मन्त्री नेपालकै अध्यक्षतामा प्रदेश स्तरीय समिति बनाइएको छ ।

प्रदेशका १३ वटै जिल्लामा जिल्ला समन्वय समितिका प्रमुख अध्यक्ष रहेको जिल्ला स्तरिय समिति बनाएर पर्यटन वर्ष २०२० को प्रचार प्रसारमा जुटेको उहाँले बताउनुभयो । उहाँका अनुसार सबै समितिले पर्यटक भित्र्याउनका लागि काम गर्नेछन् ।

इन्द्रसरोवर र धुलिखेलमा पर्यटन स्मारक

प्रदेश ३ सरकारले पर्यटन वर्षलाई लक्षित गरेर मकवानपुरको इन्द्रसरोवर र धुलिखेलमा पर्यटन स्मारक बनाउने लक्ष्य पनि राखेको छ । त्यसको काम तत्काल सुरु गर्ने तयारी गरिएको मन्त्री नेपालले बताउनुभयो ।

पर्यटन स्मारक आउँदो जनवरीमा उद्घाटन गर्ने लक्ष्य प्रदेश सरकारले लिएको छ । पर्यटकीय क्षेत्रको पहिचान खुलाउने गरी सरकारले पर्यटन स्मारक बनाउन लागेको हो ।

प्रदेश ३ छिर्ने सबै नाकामा डिजिटल बोर्ड

प्रदेश ३ सरकारले आफ्नो प्रदेश छिर्ने सबै नाकामा डिजिटल बोर्ड राख्ने भएको छ । प्रमुख पर्यटकीय स्थलको पहिचान दिनेगरी प्रदेश छिर्ने हरेक नाकामा डिजिटल बोर्ड राख्न लागिएको मन्त्री नेपालले जानकारी दिनुभयो । यसैगरी भ्रमण वर्षको डकुमेन्ट्री निर्माण भइसकेको पनि उहाँले बताउनुभयो ।

भ्रमण वर्षकै अवसरमा काठमाण्डौ उपत्यकामा साइकल ट्रयाक निर्माण गर्ने तयारी पनि प्रदेश सरकारको छ । प्रदेश सरकारकै आयोजनामा यसअघि साइकल यात्रा आयोजना गरिसकिएको छ ।

२०७६ मंसिर २० गते प्रकाशित

वि.सं.२०७६ मंसिर २० शुक्रवार ०९:२४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...