काठमाडौं । एनएमबी बैंकले स्माल तथा मिडियम इन्टरप्राइजेज (एसएमई) कर्जा कार्यक्रम अन्तरगत धितो मुल्यांकनमा १४३ प्रतिशतसम्म ऋण दिने भएको छ ।
बैंकमा राखिने धितो मुल्यांकनको आधारमा यतिका मात्रामा सम्म कर्जा प्रवाह गरिने बैंकको भनाइ छ ।यस अन्तरगत आर्कषक व्याजदरमा रू. ५० लाख देखि ३ करोडसम्म कर्जा प्रदान गरिने बताइएको छ ।
यद्यपि, यसमा तोकिएको शर्तहरु लागू हुने बैंकको भनाइ छ । कर्जा विस्तारको बिषयमा एनएमबीले सानो र मध्यम उद्यम (एसएमई) क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको छ ।
२०७६ मंसिर २२ गते प्रकाशित
वि.सं.२०७६ मंसिर २२ आइतवार १३:४५ मा प्रकाशित