काठमाडौं । भोलि मंसिर २४ गते काठमाडौं उपत्यका भित्र जोर नम्बरका मात्र सवारी साधन चलाउन पाइने भएको छ ।
दक्षिण एशियाली खेलकुदको समापन हुने दिन भोलि ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरूस्त, व्यवस्थित र सुरक्षित बनाउन जोर नम्बरका मात्र गाडी चलाउन उपत्यकावासीहरूलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको विशेष अनुरोध गरेको हो ।
जस अनुसार पुराना सवारी साधन चलाउन र हर्न बजाउन पनि निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
२०७६ मंसिर २३ गते प्रकाशित
वि.सं.२०७६ मंसिर २३ सोमवार ०८:१९ मा प्रकाशित