back
NMB ad

९ कम्पनीको १६ अर्ब ५९ करोडको हकप्रद सेयर आउँदै, कस्को कति ? (सूचिसहित)

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत विभिन्न ९ ओटा कम्पनीहरुले पुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेका छन ।

जलविद्युत, बिमा र उत्पादनमुलक गरी ९ कम्पनीहरुले १६ अर्ब ५९ करोड ९० लाख रुपैयाँ बराबरको १६ करोड ५९ लाख ९० हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेका हुन ।

कम्पनीहरुले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन । सबैभन्दा बढी हकप्रद सेयर सरकार स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को छ ।

एचआईडीसीएलले जलविद्युतमा लगानी बढाउन ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थाले संस्थापक हकप्रदमा लगानी नगरेपछि उसले अनुमति पाएको छैन । ३ संस्थाले ३ अर्ब ३० करोड रुपैयाँ थप लगानी गर्नुपर्ने छ । प्रतिफल न्युन भएको भन्दै कोषहरुले लगानी गर्न मानेको छैन ।

एचआईडीसीएलपछि अपी पावर कम्पनी लिमिटेडको छ । अपीले पनि जलविद्युत आयोजना बनाउन लगानी जुटाउन २ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

अपीले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको लामो समय बितिसक्दा पनि उसले अनुमति पाएको छैन । बोर्डले जलविद्युत कम्पनीहरुलाई विद्युत नियमन आयोगको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।

यस्तै उत्पादनमुलक अन्तर्गत श्रीराम सुगर मिल्स लिमिटेडले पनि उद्योगको क्षमता विस्तारका लागि हकप्रद सेयर निष्कासन गर्न लागेको हो । श्रीरामले ८९ करोड ३ लाख ९४ हजार रुपैयाँ बराबरको ८९ लाख ३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । श्रीरामले पनि हकप्रद सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको लामो समय बितिसकेको छ ।

यस्तै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रेरुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँश लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएका छन ।

बिमा समितिले पुँजी बढाउन भनेपछि कम्पनीहरुले हकप्रद सेयर निष्कासन गर्न लागेका हुन । समितिले जीवन बिमा व्यवसाय गर्नेलाई २ अर्ब र निर्जीव बिमालाई १ अर्ब रुपैयाँ न्युनतम पुँजी तोकेको छ ।

यस्तै नाग्दी गु्रप पावर लिमिटेड, बरुण हाइड्रोपावर लिमिटेडले पनि हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएको बोर्डले जनाएको छ ।

साउनयता विभिन्न ५ कम्पनीहरुले १ अर्ब ४६ करोड १२ लाख रुपैयाँ बराबरको १ करोड ४६ लाख १२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न बोर्डबाट अनुमति पाएका छन । (क्यापिटल नेपालबाट)

हेर्नुहोस् सूचि :

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/hakprad-share.pdf” title=”hakprad share”]

२०७६ मंसिर २३ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २३ सोमवार ०८:५० मा प्रकाशित

You can share this post!

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...