back
NMB ad

१३.५१ अंकले बढ्यो सेयर बजार

Kumari bank ad

काठमाठौं । गत सातादेखि सुधारको क्रममा रहेको पुँजी बजार मापक नेप्से यो साताको दोस्रो दिन आज (सोमबार) पनि १३.५१ अंकले सुधार आएको छ ।

आज निर्जीवन बिमा कम्पनी समूहको सूचक सबैभन्दा बढी १५६.३४ अंकले बढेको छ। साथै, जीवन बिमा कम्पनी समूहको सूचक ६०.९८ अंकले र माइक्रोफाइनान्स समूहको सूचक ५०.४३ अंकले उकालो लाग्न पुगेको छ।

नेप्से बढेर ११४८.८९ अंकमा पुगेको छ। उक्त दिन कुल १२ समूहमध्ये १० समूहको सूचक बढेको छ भने २ समूहको सूचक घटेको छ। म्युचुअल फन्ड समूह र अन्य समूहको सूचक झिनो अंकले ओरालो लाग्न पुग्यो।

उक्त दिन अघिल्लो दिन भन्दा करिव दोब्बर बढी रकम अर्थात ४६ करोड ४२ लाख २० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो दिन आइतबार २८ करोड ७५ लाख २७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

उक्त दिन नेपाल बैंकको सेयर सबैभन्दा बढी २ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दोस्रो बढी रकमको कारोबार एनएमबी बैंकको सेयर भएको छ ।

उक्त बैंकको १ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । तेस्रो बढी कारोबार हुनेमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयर रहेको छ। उक्त लघुवित्तको १ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

२०७६ मंसिर २३ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २३ सोमवार १५:३५ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...