काठमाडौं । सिभिल बैंकको संस्थापक सेयर (प्रमोटर) बिक्री हुने भएको छ । बैंकका संस्थापकले आफनो नाममा रहेको २० लाख ३० हजार ५९ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँ न्युनतम मूल्य तोकिएको छ ।
मंसिर २४ गतेदेखि संस्थापक सेयर खरिदका लागि आवेदन दिन पाइने निष्कासन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । आवेदन पेश गर्ने अन्तिम मिति पुस ८ गते रहेको छ ।
न्युनतम १० हजार कित्ता र अधिकतम खरिदका लागि सीमा नलाग्ने सिभिलले जनाएको छ । यसअघि व्यवसायमा समस्या आएपछि अध्यक्ष इच्छाराज तामाङले बैंकमा रहेको सेयर बिक्री गरिसकेका छन ।
२०७६ मंसिर २४ गते प्रकाशित
वि.सं.२०७६ मंसिर २४ मंगलवार ०९:२८ मा प्रकाशित