२०७६ मंसिर २४ गते प्रकाशित
काठमाडौं । सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँले घटेको छ । सुन मंगलबार तोलाको ७० हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार पनि सुनको भाउ तोलामा २ सय रुपैयाँमा नै घटेर तोलाको ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी पनि मंगलबार तोलामा ५ रुपैयाँ नै घटेर तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।
वि.सं.२०७६ मंसिर २४ मंगलवार ११:४४ मा प्रकाशित