लोकसेवाले माग्यो एक हजार ९६ अधिकृत, कहिलेसम्म दिने आवेदन ? (सूचनासहित)

काठमाडौं । लोकसेवा आयोगले ठूलो संख्यामा अधिकृत माग गरेको छ । आयोगले बुधबार निजामति सेवाको शाखा अधिकृत र राजपत्रांकित तृतीय श्रेणीमा १०९४ जनाका लागि विज्ञापन खुलाएको हो ।

आयोगले प्रशासन समूह अन्तर्गत सामान्य प्रशासनमा ५६०, प्रशासन राजस्वमा ६९, प्रशासन लेखातर्फ, ३०, लेखापरीक्षण ४२ र परराष्ट्र ४ जना माग गरेको हो ।

त्यस्तै न्याय सेवा समूह अन्तर्गत न्याय न्यायमा २९०, न्याय कानुनमा ४९, न्याय सरकारी वकिलमा २४ र व्यवस्थापिका संसदमा २८ जना गरी १०९६ अधिकृत माग गरेको हो ।

जसअन्तर्गत ४१९ जना खुला र ३४९ जना समावेशी खुला माग गरेको हो। आयोगले ३२८ जनाको आन्तरिक बढुवा गर्ने जनाएको छ । त्यस्तै पुस २९ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस् सूचना :

२०७६ मंसिर २५ गते प्रकाशित

२०७६ मंशिर २५ गते ०९:३८ मा प्रकाशित

You can share this post!

एभरेष्ट बैंकको एजिएम पुस २३ गते, २५ प्रतिशत लाभांश पारित गर्दै

सम्पत्ती शुद्धीकरणले ११ वटा वाणिज्य बैंकका सिइओ माथि एकैपटक अनुसन्धान !

Related posts