back
NMB ad

सम्पत्ती शुद्धीकरणले ११ वटा वाणिज्य बैंकका सिइओ माथि एकैपटक अनुसन्धान !

Kumari bank ad

काठमाडौं । सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागले ११ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)माथि एकैपटक अनुसन्धान अघि बढाएको छ ।

सम्पूर्ण वाणिज्य बैंकका प्रमुखमाथि सामान्य अनुसन्धान थालेको विभागले ११ जना सिइओमाथि भने सघन अनुसन्धान अघि बढाएको हो ।

’बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीमाथि विभागको यसअघिदेखि नै निगरानी गरिरहेका थियौँ, त्यसमध्ये ११ जनाको विस्तृत अनुसन्धान अघि बढाइएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले भन्यो ।

सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमातहत ल्याइएपछि यसले सक्रियता बढाउँदै लगेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह गर्दा अनियमितिता गर्ने र गलत तरिकाबाट लाभ उठाउने गरेको गुनासो आएपछि विभागले साउनमा वाणिज्य बैंकको ऋण शाखामा काम गर्ने उच्चस्तरका कर्मचारी र सिइओको विवरण संकलन गरेको थियो।

त्यसपछि निरन्तर यो विषयमा अनुसन्धान अघि बढाइएको र गहन विषय फेला परेका ती ११ जानमाथि भने विस्तृत अनुसन्धान अघि बढाइएको स्रोतले जानकारी दिएको छ ।(नेपाल लाइभबाट)

२०७६ मंसिर २५ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २५ बुधवार ०९:४८ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...