back
NMB ad

यति ठुलो संख्यामा शिक्षकको दरबन्दी मिलान, कुन जिल्ला र कुन तहका कति ?

Kumari bank ad

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तह (बाल कक्षादेखि कक्षा १२ सम्म) का एक लाख ५२ हजार ५ सय २३ शिक्षकको दरबन्दी मिलान गरेको बताएको छ ।

नयाँ शैक्षिक सत्र ०७७ सुरु हुनुअघि नै दरबन्दी मिलान सकिने मन्त्रालयले जानकारी दिएको छ । सरकारले ०७५ असारमा पूर्वसचिव महाश्रम शर्माको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनअनुसार पालिकागत आधारमा दरबन्दी मिलान गरिएको मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।

मुलुकभर २९ हजार सामुदायिक विद्यालय छन् । तिनमा कार्यरत शिक्षकको विस्तृत अध्ययन गरी कार्यदलले प्रतिवेदन बुझाएको थियो ।

मिलान दरबन्दीमा प्राथमिक तहतर्फ महिला परियोजनाको दरबन्दीसहित ८० हजार १ सय ७६ छन। निम्न माध्यमिकमा १६ हजार २ सय ४४, माध्यमिकतर्फ १२ हजार ७ सय २५ र साविक उच्च माध्यमिकका २ हजार छन ।

राहत अनुदान कोटातर्फ प्राथमिकमा २१ हजार ८ सय ७१, निम्न माध्यमिकका ९ हजार ६ सय ९ शिक्षक छन । माध्यमिक तह राहत कोटामा ६ हजार ८ सय ९८ र साविक उच्च माध्यमिकमा ४ हजार शिक्षक छन् । अनुदान कोटाका शिक्षकको समेत दरबन्दी मिलान गरिएको छ ।

‘कार्यदलको सुझावअनुसार केही ढिलो गरी शिक्षक दरबन्दी मिलान गृहकार्यसहित कार्यान्वयनको निर्णय गरेका छौं,’ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने, ‘यिनै संख्याभित्रै रहेर स्थानीय तहगत रूपमा शिक्षक दरबन्दी तथा राहत अनुदान कोटाको बाँडफाँट तथा पुनर्वितरण गरिएको छ ।

यसलाई सबै शिक्षकले बुझिदिनु हुनेछ ।’ विद्यालयमा कार्यरत शिक्षक विद्यार्थी अनुपातमा मिलान मात्र गरिएका हुन ।स्थायी दरबन्दीमा परिणत हुने–नहुनेबारे अहिले छिनोफानो नगरिएको पोखरेलले जानकारी दिए । मुलुकभरका १ सय २३ पालिकाबाट ४ हजार ८ सय ५२ शिक्षक दरबन्दी तथा राहत अनुदान कोटा अन्य स्थानीय तहमा हस्तान्तरण हुने मन्त्रालयले जानकारी दिएको छ ।

१४ जिल्लाका ३ हजार ३ सय ५९ शिक्षक दरबन्दी तथा राहत अनुदान कोटा अन्य जिल्लाको स्थानीय तहमा हस्तान्तरण हुनेछन । त्यसमा ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, सोलु, काभ्रे, रसुवा, बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँची र दार्चुला परेका छन ।

१५ जिल्लाभित्र एक स्थानीय तहबाट अर्कोमा १ हजार ४ सय ९३ शिक्षक मिलान गरिनेछ । त्यसमा डोल्पा, पर्वत, म्याग्दी, मुस्ताङ, मनाङ, कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, चितवन, काठमाडौं, भक्तपुर, ललितपुर र तेह्रथुम छन ।

त्यसका अतिरिक्त १ सय ५ शिक्षक दरबन्दी तथा राहत अनुदान कोटा एक प्रदेशबाट अर्को प्रदेशको स्थानीय तहमा हस्तान्तरण गरिनेछ ।

‘यकिन दरबन्दी तथा राहत अनुदान कोटा स्थानीय तहभित्र एक विद्यालयबाट अर्को विद्यालयमा सम्बन्धित स्थानीय तहले मिलान गर्नेछन्’ मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘जिल्लाभित्र एक स्थानीय तहबाट कटौती हुने र अर्को स्थानीय तहमा बढी भएको अवस्थामा पुलमा रहेका शिक्षकको हकमा आवश्यक समायोजन गर्न सम्बन्धित जिल्ला समन्वय समितिलाई अनुरोध गरिनेछ ।’ (कान्तिपुर दैनिकबाट)

२०७६ मंसिर २७ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २७ शुक्रवार ०८:०४ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...