back
NMB ad

एसबिआइ बैंकका उच्च व्यवस्थापन तहका कर्मचारीले कति बुझे तलब भत्ता ?

Kumari bank ad

काठमाडौं । नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृतलगायत भारतको स्टेट बैंक अफ इण्डियाबाट खटिएका कर्मचारीहरुले गत आर्थिक वर्षमा एक करोड ४७ लाख रूपैयाँ बराबरको सुविधा बुझेका छन।

प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागरसहित एसबिआइ भारतबाट आएका कर्मचारीले भाडा र भत्ता वापत उक्त रकम बुझेका हुन।

भटनागरसहित भारतबाट आउने व्यवस्थापनका उच्च तहका कर्मचारीले तलब/भत्ता केन्द्रीय कार्यालय स्टेट बैंक अफ इन्डियाबाटै पाउने व्यवस्था छ । त्यसैले उनीहरुले तलव यहाँबाट लिएका छैनन ।

बैंकले उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरूलाई पारिश्रमिक, भत्ता तथा सुविधावापत दुई करोड ५६ लाख रूपैयाँ भुक्तानी गरेको छ ।

उच्च व्यवस्थापन तहमा शुभकान्त कानन्गो, रिजवान आलम, छपिराज पन्त र देवराज अधिकारीलगायत छन। गत वर्ष बैंकले दुई अर्ब २९ करोड रूपैयाँ मुनाफा आर्जन गरेको थियो ।

आगामी आइतबारका लागि डाकेको २६ औं वार्षिक साधारणसभामा गत आर्थिक वर्षको नाफाबाट कर प्रयोजनसहित १०.८४ प्रतिशत नगद लाभांस र ६ प्रतिशत बोनस शेयर पारित गर्ने तयारी छ ।

२०७६ मंसिर २७ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २७ शुक्रवार १४:०३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...