back
NMB ad

चन्द्रनिगाहपुरमा महिन्द्राको सुविधा सम्पन्न शोरुम, एसयूभी, पिकअप बिक्रीका लागि राखिने

Kumari bank ad

काठमाडौं। अग्नि ग्रुपले रौतटहको चन्द्रनिगाहपुरमा महिन्द्राको गाडी र ट्याक्टरका लागि नयाँ ‘थ्रीएस सेटअप’ सहितको शोरुम स्थापना गरेको छ। कम्पनीका अनुसार यो क्षेत्रका लागि कम्पनीको अत्याधुनिक शोरुम हो।

शोरुमको अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले उद्घाटन गरे। कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी, रौतहट क्षेत्र नं ४ संघीय सांसद देवप्रकाश तिमिल्सिना, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला संयोजक युवराज भट्टराई समीर, रौतहट– ५का वडाध्याक्ष सञ्जय काफ्ले र वडा नं ३ का वडाध्याक्ष वोधनाथ देवकोटाको उपस्थिती थियो।

कम्पनीद्वारा जारी विज्ञप्तिमा शोरुमबाट रौतहट र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा सामानसहित गुणस्तरीय सेवा दिने उल्लेख छ।

कम्पनीका अनुसार यो ‘थ्री एस सेटअप’अन्तर्गत महिन्द्रा अटोमोबाइल्सको स्कर्पियो, बलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० थार आदि र युवराज २१५, जिभो २४५, २७५ एनबीपी, ५७५ एनएसटी, युभो र नोभो आदि ट्रयाक्टरहरूको बिक्री (सेल्स), सेवा (सर्भिस) र स्पेयर पार्टस् उपलब्ध हुनेछ।

अग्नि ग्रुपका स्थानीय विक्रेता स्नेहा मोटो कर्पका प्रबन्ध निर्देशक मुकेशकुमार शाहका अनुसार शोरुमा महिन्द्राका सबै उपयोगी सवारी साधनहरू, एसयूभी, पिकअप र ट्रयाक्टरहरू बिक्रीका लागि राखिनेछ।

२०७६ मंसिर २८ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २८ शनिवार ०८:१८ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...