भोलि सार्वजनिक विदा

काठमाडौं । भोलि आइतवार अर्थात मंसिर २९ गतेका दिन सार्वजनिक विदा दिईएको छ ।  एक सूचना निकाल्दै किराँत सिरिजंगा लिपीका पुर्नउत्थानकर्ता सिरिजंघा सिन थेवेको जन्म जयन्तिको अवसरमा सिरिजंघा गाउँपालिकाले आइतबार सार्वजनिक विदा दिएको हो ।

थेवे इसापूर्व १७०४ मंसिर २९ गते तत्कालिन तेल्लोक गाविसमा जन्मिएका थिए । सो स्थान हाल सिरिजंगा गाउँपालिका ४ मा पर्छ । मंसिर २ गते बसेको कार्यपालिकाको बैठकले हरेक वर्ष मंसिर २९ गते सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष टिकाराम गुरुङले जानकारी दिए ।

’हाम्रै गाउँपालिकामा जन्मिनुभएका उहाँले किराँत धर्म, भाषा र साहित्यको उत्थानमा योगदान गर्नुभएको थियो, गुरुङले भने, ’ सम्मानस्वरुप स्थानीय तहको नाम नै सिरिजंगा राखिएको हो र यस वर्षदेखि विदा समेत दिन थालेका छौं ।’

भाषा र लिपीको प्रचार गरेको भन्दै तत्कालिन शासकले थेवेको हत्या गरेको थियो । ऐतिहाँसिक व्यक्तित्वको जन्मजयन्तिमा स्थानीय तहले विदा दिनु सकरात्मक भएको किराँत धर्म तथा साहित्य उत्थान संघ ताप्लेजुङका सचिव ज्ञानु लिम्बुले प्रतिक्रिया दिए ।

२०७६ मंसिर २९ गते प्रकाशित

२०७६ मंशिर २८ गते १४:४७ मा प्रकाशित

You can share this post!

२६ कम्पनीको ७ अर्बको बोनस सेयर, कसको कति ? (सूचिसहित)

एनआइसी एसिया बैंकले पनि आफ्नो छुट्टै स्वीच राखेर कारोबार गर्ने

Related posts