back
NMB ad

एनआइसी एसिया बैंकले पनि आफ्नो छुट्टै स्वीच राखेर कारोबार गर्ने

Kumari bank ad

काठमाडौं । एनआइसी एसिया बैंकले कार्ड प्रणालीलाई बलियो बनाउन भन्दै नयाँ स्वीच प्रयोगमा ल्याउने भएको छ ।  नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) सँगको सहकार्य तोड्दै बैंकले आफ्नै स्वीच राख्न लागेको हो ।

बैंकले एसटुएमको सेलेक्ट सिस्टम इएफटी स्वीच प्रयोग गर्न लागेको हो । चिनियाँ ह्याकरले नेप्सको प्रणाली कब्जामा लिएर पैसा झिकेपछि बैंकले नेप्सलाई छाड्न लागेको हो ।

यसअघि प्रभु बैंकले पनि नेप्सलाई छाडेर स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) सँग सहकार्य थालेको थियो । नेप्समा १८ वटा बैंक तथा वित्तीय संस्था आबद्ध थिए। अब एनआइसी र प्रभुले आफ्नो आबद्धता छाडेका छन ।

नेप्सले अहिलेसम्म पनि गल्ति कोबाट कसरी भयो भन्ने जानकारी दिन सकेको छैन । साथै नेप्सबाट चोरी भएको तथ्यांकहरू प्रयोग गरेर अर्को नक्कली कार्ड बन्ने खतरा उत्तिकै छ । त्यही भएर पनि बैंकहरुले धमाधम नेप्सलाई छाड्न थालेका हुन ।

एनआइसी एसियाले मोरक्कोको स्वीच प्रयोग गर्न लागेको छ । यससम्बन्धि सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र एसटुएमका उपाध्यक्ष मोहम्मद अमरति रिफीले हस्ताक्षर गरेका छन ।

आफ्नै स्वीच प्रयोगमा ल्याएपछि कार्डबाट हुने कारोबार छिटो, सरल र सुरक्षित हुने बैंकले जनाएको छ । स्वदेश तथा विदेशमा कार्डबाट हुने इकमर्स कारोबारलाई पनि सहज हुने विज्ञप्तिमा उल्लेख छ ।

२०७६ मंसिर २९ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २९ आइतवार ०८:४५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...