back
NMB ad

अहिलेसम्मकै ठुलो आइपिओ ल्याउन लागेको इन्फ्रस्ट्रक्चर बैंकको सिइओको तलब भत्ता कति ? अन्यको कति ?

Kumari bank ad

काठमाडौं। नेपाल इन्फ्रस्ट्रक्चर बैंकले पाँच अर्ब रुपैयाँ बराबरको अफसोर बण्ड जारी गर्ने भएको छ । बैंकले विदेशी वित्तीय बजारबाट यो पैसा भित्र्याउने भएको हो ।

बार्षिक साधारणसभामा बोल्दै बैंकका अध्यक्ष अनुज अग्रवालले विदेशबाट पैसा ल्याउने तयारी भइरहेको बताएका हुन् । उनले यो बण्ड लण्डन स्टक एक्सचेञ्जमा सूचिकृत हुने पनि बताए ।

उनले आगामी १० वर्षभित्र नेपालको विकासको लागि १०० खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताउँदै उनले यसमध्ये इन्फ्रास्ट्रक्चर बैंकबाट केही योगदान पुर्याउने बताए।

बैंकले प्राथमिक शेयर निष्काशन पनि गर्ने भएको छ। बैंकले एक वर्षभित्र ८ अर्बको साधारण शेयर जारी गर्ने तयारी गरेको छ । २० अर्ब रुपैयाँ शेयर पूँजी, ५ अर्ब रुपैयाँको अफसोर बण्ड र ५० करोड रुपैयाँको निक्षेप सहित २५ अर्ब ५० करोड रुपैयाँ पुर्वाधार क्षेत्रमा लगानी गर्न सक्ने अवस्थामा बैंक पुग्न लागेको उनले जानकारी दिए ।

अहिले बैंकले कास्कीको ३२ मेगावाट क्षमताको झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनीमा एक अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गर्ने भएको छ। त्यस्तै मिडल मेवा हाइड्रोपावर प्रोजेक्ट निर्माणको लागि एक अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गर्ने भएको छ।

सिइओको तलव ७८ लाख

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले गत आर्थिक वर्ष पारिश्रमिक, भत्ता तथा अन्य सुविधा बापत ७७ लाख ७५ हजार रुपैयाँ बुझेका छन्। उनीसहित उच्च व्यवस्थापनले भने दुई करोड ४४ लाख रुपैयाँ पाएका छन ।

पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित गत वर्षदेखि सञ्चालनमा आएको बैंकले आइतबार प्रथम वार्षिक साधारणसभा गरेको हो । बैंकले जारी पूँजीको ४० प्रतिशत शेयर जारी गर्ने छ । यसमध्ये ०.२ प्रतिशत कर्मचारीका लागि छुट्याइएको छ।

पहिलो साधारणसभाले तीन जना सञ्चालकलाई निर्वाचित गरेको छ। निर्वाचित हुनेमा अनुज अग्रवाल, लालमणि जोशी र चन्द्रप्रसाद ढकाल छन । सरकारले भने रामशरण पुडासैनीलाई प्रतिनिधि पठाएको छ ।

२०७६ मंसिर ३० गते प्रकाशित

वि.सं.२०७६ मंसिर ३० सोमवार ०५:५६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...