काठमाडौं । शिक्षक सेवा आयोगबाट स्थायी शिक्षकका लागि सिफारिस भएका निम्नमाध्यामिक शिक्षक उम्मेदवारलाई तोकिएकै विद्यालयमा हाजिर हुन निर्देशन दिइएको छ ।
पायक पर्ने ठाउँमा जिल्ला परिवर्तन गरि पाउँ भन्दै निवेदन दिएकाहरूलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तोकिएकै जिल्लाको विद्यालयमा हाजिर हुन निर्देशन दिएको हो।
‘कुनै पनि उम्मेदवारको नियुक्ति सिफारिसको जिल्ला परिवर्तन नभएको हुँदा तोकिएको स्थानमा तुरून्न हाजिर हुनु हुन अन्यथा नियमानुसार हुने व्यहोरा सबैलाई जानकारी गराइन्छ,’ केन्द्रका निर्देशक रवीन्द्रकुमार बुढाप्रिथीले निकालेको सूचनामा उल्लेख छ ।
२०७६ मंसिर ३० गते प्रकाशित
वि.सं.२०७६ मंसिर ३० सोमवार ११:४७ मा प्रकाशित