विनोद चौधरीको घोषणा : वाइवाइ चाउचाउको आईपीओ निष्काशन गर्ने

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष तथा खर्बपति विनोद चौधरीले वाइवाइ नेपालको सेयर बजारमा आउने बताउनुभएको छ ।
पोखरामा भएको लिक्टेचर फेस्टिबलमा उनले वाइवाइ एक दिन स्टकमा सूचिकृत हुने बताउनुभएको हो ।

चाउचाउ र होटलमा ठूलो लगानी गरेका चौधरीले चाउचाउ र होटललाई विश्वभर फैलाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘वाईवाई विश्वभर ब्राण्ड बन्ने क्रममा छ ।

नेपालको पहिलो कम्पनी न्यूयोर्कको स्टक एक्सचेन्जमा सूचिकृत होस, त्यसमा नेपाली सहभागी हुन सकुन भन्ने अपेक्षा रहेको छ । नेपालमा त निश्चिय नै हुन्छ । उहाँले यसअघि नै पनि वाइवाइलाई सेयर बजारमा ल्याउने उद्घोष गर्नुभएको थियो ।

२०७६ मंसिर ३० गते प्रकाशित

२०७६ मंशिर ३० गते १३:२८ मा प्रकाशित

You can share this post!

युनाइटेड मोदी हाइड्रोपावरले ८.४२ प्रतिशत नगद लाभांश दिने

पुनः वितरित शिक्षक दरबन्दी विवरण–२०७६ सार्वजनिक (सूचनासहित)

Related posts