back
NMB ad

दुई दिनमै सेयर बजार १८.५४ अंकले ओरालो

Kumari bank ad

काठमाडौं । दुई दिनमै सेयर बजार १८.५४ अंकले ओरालो लागेको छ । अघिल्लो सातादेखि सुधारको क्रममा रहेको पूँजी बजार मापक नेप्से यो साताको पहिलो कारोबार दिन आइतबार ४.७८ अंकले र आज (सोमबार) १३.७५ अंकले घटेको छ।

आज निर्जीवन बिमा कम्पनी समूहको सूचक सबैभन्दा बढी १ सय ७२.०९ अंकले घटेकोे छ। साथै, जीवन बिमा कम्पनी समूहको सूचक पनि १ सय ३६.५३ अंकले ओरालो लाग्न पुग्यो ।

उक्त दिन कुल १२ समूहकै सूचक ओरालो लाग्न पुग्यो। नेप्से घटेर ११५४.११ अंकमा आइपुगेको छ ।उक्त दिन अघिल्लो दिन भन्दा निकै कम रकमको कारोबार हुन पुग्यो।

अघिल्लो दिन ६८ करोड ६० लाख ७६ हजार रुपैयाँ बराबरको सेयर कारोबारमा आज ४० करोड ७९ लाख रुपैयाँको मात्र कारोबार भएको छ ।

उक्त दिन एनएमबी बैंकको सेयर सबैभन्दा बढी ४ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोस्रो बढी रकमको कारोबार स्वलम्बन लघुवित्तको सेयर भएको छ ।

उक्त लघुवित्तको २ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । तेस्रो बढी कारोबार हुनेमा एनआइसी एशिया बैंकको सेयर रहेको छ । उक्त बैंकको १ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

२०७६ मंसिर ३० गते प्रकाशित

वि.सं.२०७६ मंसिर ३० सोमवार १५:२६ मा प्रकाशित

You can share this post!

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...