काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७६ चैत ६ गतेबाट सञ्चालन गर्ने भएको छ । बोर्डको मंसिर ३० गते बसेको बैठकले यो निर्णय गरेको हो ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने सूचनामा उल्लेख गरिएको छ । पहिलो दिन अंग्रेजी विषयको परीक्ष हुनेछ । बोर्डले नियमित ग्रेड वृद्धि तथा प्राविधिक समेत सबैको सोही चैत ६ गतेबाट १७ गतेसम्मको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
नियमित तथा ग्रेड वृद्धिका विद्यार्थीको हकमा भने नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुनेछ । परीक्षा बोर्डले परीक्षाको समयमा आकस्मिक बिदा पर्न गएमा परीक्षा नियन्त्रण कार्यालयको सूचना बेगर स्थगित नहुने जनाएको छ ।
२०७६ पुस ०१ गते प्रकाशित
वि.सं.२०७६ पुस १ मंगलवार ०८:१७ मा प्रकाशित