back
NMB ad

पर्वतमा ६ दिने वृत्ति मार्गनिर्देशन तालिम सम्पन्न

Kumari bank ad

काठमाडौं । पर्वतको हिमालय माविमा मंसिर २३ गतेदेखि २९ गतेसम्म संचालित ६ दिने वृत्ति मार्गनिर्देशन तालिम सम्पन्न भएको छ ।

हेलभेटासको आर्थिक सहयोगमा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना अन्तर्गत हिमालय माविका कक्षा ९ अध्ययनरत विद्यार्थीहरुलाई तालिमा दिइएको हो ।

४८ जना विद्यार्थीहरुको सहभागिता रहेको तालिममा उनीहरुको रुचि, क्षमताका आधारमा वृत्ती पहिचान गर्न सहज बनाउने उद्देश्य का साथ यो कार्यक्रमको आयोजना गरिएको हो ।

यो कार्यक्रम जम्मा ६ वटा ११० मिनेटका सत्र हरु संचालन भएका छ्न भने एउटा सत्र कक्षा १० मा सोहि विद्यार्थीहरुलाइ प्रदान गरिने छ ।

६ वटा सत्र मार्फत के तिमि तयार छौ ,जागिर र वृत्ती ,वृत्ती का ५ सिद्धान्त, वृत्ती खोजी पथ, रुची र खुबीको लेखाजोखाको बारेमा विद्यार्थीहरुलाइ सिकाइ उनिहरुको क्षमता अनुसार आफ्नो वृत्ती पहिचान गर्न सहयोग गरिएको थियोे ।

तालिमा कामको सन्सार वैकल्पिक वृत्तिको छनोट र वृत्ती तयारी ,वृत्ती शब्दकोस ,वृत्ती सम्बन्धि जानकारी तथा नेपालको शैक्षिक प्रणाली कस्तो छ भन्ने लगायतको विषयमा जानकारी गराइएको थियो ।

एसइइपछि विद्यार्थीहरुले के पढ्ने,के गर्ने कस्तो काम गर्ने जस्ता दुविधाहरु हल गर्न वृत्ती मार्गनिर्देशन कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताइएको छ ।

तालिमको सहजीकरण सोहि विद्यालयको वृत्ती मार्गनिर्देशन शिक्षक कमला रेग्मी र अन्तरङ्ग साइकोसोसल रिसर्च एन्ड ट्रेनिङ सेन्टरका वृत्ती सहजकर्ता बिस्नु सिलवाल ले गर्नु भएको थियोे ।

२०७६ पुस ०१ गते प्रकाशित

वि.सं.२०७६ पुस १ मंगलवार १३:१२ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...