back
NMB ad

सेयर बजारमा सामान्य सुधार

Kumari bank ad

काठमाडौं । साताको पहिलो र दोस्रो दिन गिरावट आएको सेयर बजारमा तेस्रो दिन सामान्य सुधार भएको छ । सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार १ दशमलब २६ अंकले बढेर १ हजार १ सय ५५ दशमलब ३७ अंकमा पुगेको हो ।

नेप्सेमा सुधार आउँदा सेन्सिटिभ इन्डेक्स्ट भने शून्य दशमलब २४ अंकले घटेर २ सय ५३ दशमलब २८ अंकमा पुगेको छ ।
यस दिन बजारमा १ सय ६७ कम्पनीका ८ लाख ४० हजार ६ सय ७७ कित्ता सेयर २७ करोड ९२ लाख ४४ हजार १ सय ३५ रुपैयाँमा कारोबार भए ।

नेप्सेमा सुधार आएको दिन बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसूचकमध्ये आठ समूह उकालो लागे भने चार समूह ओरालो लागे ।

यस दिन जीवनबिमा समूह सर्वा्धिक ४६ दशमलब ५८ अंकले उकालो लाग्यो भने होटल समूह सर्वा्धिक १२ दशमलब ७५ अंकले ओरालो लाग्यो ।

साताको तेस्रो दिन बजारमा एनएमबी बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर ३ करोड ४६ लाख २८ हजार ६ सय ४३ रुपैयाँमा कारोबार भएको हो ।

बजारमा नेपाल फाइनान्सका लगानीकर्ताले सर्वा्धिक ९ दशमलब ६८ प्रतिशत सेयर मूल्य कमाए, त्यसैगरी, दिव्येश्वरी हाइड्रोपावरका लगाानीकर्ताले सर्वा्धिक ६ दशमलब ८९ प्रतिशत सेयर मूल्य गुमाए ।

२०७६ पुस ०१ गते प्रकाशित

वि.सं.२०७६ पुस १ मंगलवार १५:५५ मा प्रकाशित

You can share this post!

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...