काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले २००५ हकप्रद सेयर सोमबार (मंसिर ३० गते) बाँडफाँट गरेको छ ।
कम्पनीले १२ लाख १३ हजार ४४० कित्ता सेयर बिक्री खुला गरेकोमा १० लाख ५१ हजार ३८० कित्ताका लागि मात्र आवेदन परेको थियो । यसआधारमा अझै १ लाख ६२ हजार ६० कित्ता हकप्रद बिक्री हुन सकेन ।
बिक्री नभएको बाँकी सेयर समताले अब लिलामीमा ल्याउनेछ । यस हकप्रदमा ५ हजार ४३३ जनाले आवेदन दिएका थिए । कम्पनीले असोज २७ गतेदेखि मंसिर १ गतेसम्म १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
२०७६ पुस ०२ गते प्रकाशित
वि.सं.२०७६ पुस २ बुधवार १०:४५ मा प्रकाशित