घरजग्गा र सवारीसाधन खरिदमा बैंकहरुको आठ खर्ब कर्जा प्रबाह

काठमाडौं । घरजग्गा, सवारीसाधन, सेयर धितोलगायतका क्षेत्रमा बैंकहरुले ठूलो परिमाणमा कर्जा प्रवाह गरेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा २८ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २५ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीसहितका ७५ वटा संस्थाहरुले व्यक्तिगत आवास (होम लोन) घरजग्गा, सेयर धितो, सवारीसाधन (हायरपर्चेज) र विपन्न वर्ग क्षेत्रमा मात्र आठ खर्ब १९ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

सो अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप ३४ खर्ब ४३ अर्ब आठ करोड ९० लाख र कुल कर्जा ३० खर्ब ४५ अर्ब ७५ करोड ६० लाख रुपैयाँ रहेको थियो । (आर्थिक अभियानबाट)

२०७६ पुस ०२ गते प्रकाशित

२०७६ पौष २ गते ११:०८ मा प्रकाशित

You can share this post!

फेरी बढ्यो डिजेल र मट्टितेलको मुल्य

शिक्षक सेवा आयोगले फेरि सार्वजनिक गर्यो विभिन्न जिल्लाको करार सूचि

Related posts