back
NMB ad

दुई दशकपछि नेपाल बैंकका शेयरधनीले पाउँदैछन लाभांश, बोनस र नगद कति ?

Kumari bank ad

काठमाडौं । नेपाल बैंकको वार्षिक साधारणसभा पुस २५ गते हुने भएको छ । बैंक सञ्चालक समिति अध्यक्ष वासुदेव अधिकारीले राष्ट्र बैंकबाट लाभांश स्वीकृत भएकाले साधारणसभा टुंगो लगाइएको बताए ।

बैंकले करिब दुई दशकपछि शेयरधनीलाई लाभांश बाँड्दैछ । बैंकले चालु आर्थिक वर्षमा २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरणअनुसार वितरणयोग्य नाफाबाट लाभांश दिने भएको हो ।

बैंकका शेयरधनीले १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश पाउने छन् । घोषित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भइसकेको छ । अब साधारण सभाबाट पारित भएपछि शेयरधनीले लाभांश पाउने छन् ।

लामो समयदेखि खराब ऋणका कारण थलिएको बैंकले दुई दशकभन्दा बढी समयदेखि लाभांश दिन सकेको थिएन ।विगतको वर्षदेखि नै बैंक नाफामा रहेको भए पनि सञ्चित नोक्सानीका कारण उसलाई लाभांश वितरण गर्न केन्द्रीय बैंकले रोक लगाएको थियो ।

उक्त नोक्सानी पूर्ति गरेसँगै बैंक लाभांश वितरण गर्न योग्य भएको हो । हाल बैंकको चुक्ता पुँजी नौ अर्ब ८१ करोड रूपैयाँ छ । उसले यही चुक्ता पुँजीको २५ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव गरेको हो ।

गत वर्ष बैंकले दुई अर्ब ६१ करोड रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्ष सोही अवधिमा बैंकले तीन अर्ब २१ करोड नाफा गरेको थियो । हाल बैंकको प्रति शेयर आम्दानी २७ रूपैंयाँ १५ पैसा छ ।

२०७६ पुस ०२ गते प्रकाशित

वि.सं.२०७६ पुस २ बुधवार १३:५६ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...